;

सुन्दरहरैँचामा निःशुल्क रेबिजविरुद्धको खोप तथा जुकाको औषधि वितरण

सुन्दरहरैँचामा निःशुल्क रेबिजविरुद्धको खोप तथा जुकाको औषधि वितरण
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा रेबिजविरुद्धको खोप तथा जुकाको औषधि निःशुल्क वितरण सुरु गरेको छ। २०औँ विश्व रेबिज दिवसको अवसरमा नगरपालिकाको पशुपन्छी सेवा उपशाखाले कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम अन्तर्गत घरपालुवा तथा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाइनेछ। साथै, आवश्यकताअनुसार कुकुरलाई जुकाको औषधिसमेत निःशुल्क वितरण गरिने नगरपालिकाले ज...

नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवन शिलान्यास

नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघ  जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवन शिलान्यास
सुन्दरहरैँचा / नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघको मोरङ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवनको सुन्दरहरैंचा–७ बेलगाछीमा शिलान्यास गरिएको छ । भवनको शिलान्यास सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, शिवदल गणका गणपति प्रमुख सेनानी अनिल बस्नेत, जग्गादाता तेजप्रसाद सिटौलालगायतले संयुक्त रुपमा शिलान्यास गरेका थिए । शिलान्यास समारोहमा पञ्चेबाजा बजाउनुका साथै वेदका मन्त्रहरूको ...

सुन्दरहरैँचामा भूमि प्रशासन सेवा सुरू : जग्गासम्बन्धी काम नगरपालिकाबाटै

सुन्दरहरैँचामा भूमि प्रशासन सेवा सुरू :  जग्गासम्बन्धी काम नगरपालिकाबाटै
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिकामा स्थानीय तहबाटै भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा सुरु भएको छ। नगरपालिकाको भूमि व्यवस्थापन शाखामार्फत सेवा प्रवाह गर्ने उद्देश्यले सोमबार आयोजित कार्यक्रमबीच नगरप्रमुख केदारप्रसाद गुरागाईंले सेवाको शुभारम्भ गरेका हुन्। सेवा सञ्चालनमा आएसँगै जग्गा खरिद–बिक्री, नामसारी, कित्ताकाटलगायत तोकिएका भूमि प्रशासनसम्बन्धी कामका लागि ...

भोजपुरे कल्याणकारी सहकारीको अध्यक्षमा राजेन्द्र कार्की

भोजपुरे कल्याणकारी सहकारीको अध्यक्षमा राजेन्द्र कार्की
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभाले राजेन्द्र कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ।    नवनिर्वाचित समितिको उपाध्यक्षमा मातृकाप्रसाद पराजुली, सचिवमा मोहन पोखरेल, कोषाध्यक्षमा ताराकुमारी सुब्बा र सहसचिवमा यादव कट्वाल चयन भएका छन्। सदस्यहरूमा बालकृष्ण घिमिरे, विमला घिमिरे, खगेन्द्रबहादुर...

लभ्ली एन्जल्सले जित्यो क्विजको उपाधि, सुविजीमुर दोस्रो

लभ्ली एन्जल्सले जित्यो क्विजको उपाधि, सुविजीमुर दोस्रो
सुन्दरहरैँचा / सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा आयोजित ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’को उपाधि लभ्ली एन्जल्स इङ्लिस स्कुलले जितेको छ। सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी थिए। विभिन्न चरणमा सञ्चालन भएको प्रतियोगितामा सामान्य ज्ञान, विज्ञान, सामाजिक विषय, तर्क तथा समसामयिक विषयमा विद्यार्थीबीच प्रतिस्पर...

कांग्रेस सुन्दरहरैँचा नगर सभापतिमा होमनाथ पोखरेलको दाबी

कांग्रेस सुन्दरहरैँचा नगर सभापतिमा होमनाथ पोखरेलको दाबी
सुन्दरहरैँचा / नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङको सुन्दरहरैँचा नगर सभापति पदमा होमनाथ पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय पोखरेलले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ता र जनताबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यसहित नगर सभापतिमा उम्मेदवारी दिने तयारी गरेका हुन्। पार्टीभित्रको एकता कायम गर्दै संगठन विस्तार तथा स्थानीय तहमा कांग...

सुन्दरहरैँचा नगरपालिकाको अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न सक्रियता

सुन्दरहरैँचा नगरपालिकाको अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न सक्रियता
मणिराम दाहाल / सुन्दरहरैँचा असार १ गतेदेखि भदौ मसान्तसम्म नदी तथा खोलाजन्य पदार्थ उत्खनन बन्द गर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्दै मोरङको सुन्दरहरैँचा नगरपालिकाले अवैध चोरी–निकासी नियन्त्रणलाई प्रभावकारी बनाएको छ। नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी–निकासी हुन नदिन नगरपालिकाले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सलकपुर तथा सशस्त्र प्रहरी बल लक्ष्मीमार्गको संयुक्त टोली परिचाल...

सुन्दरहरैँचा नगर अस्पतालमा चार विशेषज्ञ सेवा थप

सुन्दरहरैँचा नगर अस्पतालमा चार विशेषज्ञ सेवा थप
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगर अस्पतालमा चारवटा विशेषज्ञ सेवा थप गरिएको छ। बुधबार आयोजित एक कार्यक्रमबीच नगरप्रमुख केदारप्रसाद गुरागाईंले सम्बन्धित चिकित्सकलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै विशेषज्ञ सेवा शुभारम्भ गर्नुभएको हो। अस्पतालमा वरिष्ठ जनरल फिजिसियन डा. सन्तोषकुमार महतो, वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सुरज दाहाल, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मनीषप्रसाद गुप्ता ...

पत्रकार बीमा कार्यक्रम शुभारम्भ

पत्रकार बीमा कार्यक्रम शुभारम्भ
विराटनगर / समाचार संकलनदेखि घटनास्थलसम्म पत्रकारले भोग्नुपर्ने जोखिमलाई मध्यनजर गर्दै कोशी प्रदेशका १ हजार २२७ पत्रकारको दुर्घटना बीमा कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सुरक्षित पत्रकार, निर्भीक पत्रकारिता’ भन्ने मूल नाराका साथ सुरु गरिएको कार्यक्रमको उद्घाटन मंगलबार बिहान विराटनगरस्थित होटल रुविजमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे । पत्रकारिता पेशालाई थप सुरक्षित, मर्यादित ...

कोसी प्रदेशका स्रष्टाहरूले सामाजिक विकास मन्त्रीलाई गराए ध्यानाकर्षण

कोसी प्रदेशका स्रष्टाहरूले सामाजिक विकास मन्त्रीलाई गराए ध्यानाकर्षण
मोरङ / प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन संशोधनका लागि स्रष्टाहरूले बुधवार कोसी प्रदेश सामाजिक विकास मन्त्री गीता तिम्सिनालाई ज्ञापनपत्र बुझाएका छन् । ‘कोसी साहित्य–कला परिषद् नेपाल’ को अगुवाइमा झापा, मोरङ र सुनसरीबाट आएका स्रष्टाहरूले मन्त्री तिम्सिनालाई विराटनगरस्थित मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ‘कोसी साहित्य कला परिषद् नेपाल’ ले कोसी प्रदेशमा रहेर भाषा, साहित्य, कला तथा संस्कृतिका...
;