सुन्दरहरैँचामा मुक्तिनाथबाट आएको दिव्य रथयात्राको भव्य स्वागत
सुन्दरहरैँचा / धार्मिक आस्था, संस्कृति र सनातन परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुक्तिनाथ धामबाट सुरु भएको गजेन्द्रमोक्ष–नारायण–मुक्तिनाथ भगवानको दिव्य रथयात्रालाई मोरङको सुन्दरहरैँचामा भव्य स्वागत गरिएको छ।
मंसिर १ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने घनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञको प्रचारप्रसार तथा धार्मिक जागरण फैलाउने उद्देश्यले कात्तिक ९ गते मुक्तिनाथ ध...









