सुकुना माविकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा १० स्थित सुकुना माध्यमिक विद्यालयकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
५४ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिनकाे औपचारिक कार्यक्रममा प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी थिए । कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको थियाे । समारोहकाे अवसरमा सिनियर तथा ज...









