समाजका प्रेरणादायी व्यक्तित्व कृष्णबहादुर भट्टराईको असामयिक निधन
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–८ निवासी, प्रखर वक्ता, समाजसेवी, शिक्षाप्रेमी तथा विभिन्न सामाजिक, शैक्षिक, राजनीतिक र साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तित्व कृष्णबहादुर भट्टराईको असामयिक निधन भएको छ।
उहाँको निधनले सुन्दरहरैँचा नगरसहित समग्र मोरङ जिल्ला नै शोकमग्न बनेको छ। स्वर्गीय भट्टराई भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय संस्थापक सदस्य, नेपाली कांग्रेस मोरङका जिल्ला सल्ला...









