भगवान् र आत्माको सवाद
- छवि वैरागी घिमिरे
आत्मा भन्छ .........!
हे भगवान्
संसारका सबै मन्दिर घुमेँ
घण्टी बजाएँ, दीप बालेँ
शास्त्रका पाना पल्टाएँ
तर तिमी भेटिएनौ
कहाँ लुक्यौ तिमी ?
भगवान् उत्तर दिन्छन् ..........!
म लुकेको थिइनँ आत्मा
तैँले तेरै आँखाभित्र फर्केर हेरिनस्
बरु ढुङ्गाको मूर्तिमा फूल चढाइरहिस्
तर म तेरो श्वासभित्र प्रतीक्षा गरिरहेको थिएँ।
आत्माले फेरि सोध्छ .......!
के म मन्दिर बन...









