सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा नेशनल प्याब्सन कोशी प्रदेशको आयोजनामा प्रदेशस्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता अन्तर्गत नेपाली हस्तलेखन तर्फ अरिहन्त इङ्लिस बोर्डिङ स्कुल प्रथम, जेभियर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, हिमालय इङ्लिस बोर्डिङ स्कुल तेस्रो र इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् । अङ्ग्रेजी हस्तलेखनतर्फ मोरङ ज्ञानोदय इङ्लिस स्कुल प्रथम, हिमालय इङ्लिस बोर्डिङ स्कुल दोस्रो, लालीगुराँस इङ्लिस स्कुल तेस्रो र आभा बोर्डिङ स्कुल सान्त्वना भएका छन् ।

‘जेन–जी आन्दोलन’ विषयमा आधारित वक्तृत्वकला प्रतियोगितामा इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल प्रथम, मोरङ ज्ञानोदय इङ्लिस स्कुल दोस्रो, हिमालय इङ्लिस बोर्डिङ स्कुल तेस्रो र अरिहन्त इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् ।

कार्यक्रममा नेशनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालको अध्यक्षता तथा नेशनल प्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।

नेशनल प्याब्सनमा आबद्ध मध्ये कोशीका २२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास, विचार अभिव्यक्ति क्षमता, नेतृत्व विकास तथा राम्रो अक्षर लेख्ने बानीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कोशी प्रदेशका कार्यवाहक अध्यक्ष खनालले बताए।

कोशी प्रदेश मै पहिलो पटक प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गर्दै अब प्रदेशले थप ससक्त ढङ्गले यस्ता कार्यक्रम केन्द्रसँग समन्वय गरेर गर्ने नेशनल प्याब्सनका पूर्व अध्यक्ष शाहीले बताए ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, उपाध्यक्ष कुमार भट्टराई, महासचिव प्रतापबहादुर थापा, सदस्य नारायण ढकाल, लगायत सुनसरी, मोरङ, झापा र धनकुटा, उदयपुरका पदाधिकारी विद्यार्थीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया