तमु ल्होसारले सामाजिक एकता र सांस्कृतिक पहिचान मजबुत बनाउँछ : मुख्यमन्त्री कार्की
विराटनगर / गुरूङ समुदायको पर्व तमु ल्होसारको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशवासी तथा देशविदेशमा रहेका सम्पूर्ण नागरिकमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
तमु ल्होसारले नयाँ वर्षको शुभारम्भसँगै आपसी सद्भाव, सामाजिक एकता, प्रकृतिप्रेम र समृद्धिको सन्देश दिने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ। उहाँले यो पर्वले मौलिक संस्कृतिको जगेर्ना गर्दै परम्पराको संर...









