मोरङ–६ मा रास्वपाबाट रुबिना आचार्य विजयी : डा. शेखर कोइराला पराजित
सुन्दरहरैँचा / मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य भारी मतान्तरसहित विजयी हुनुभएको छ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै आचार्यले उल्लेखनीय जित हासिल गर्नुभएको हो।
निर्वाचन परिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १२...









