छवि वैरागी घिमिरेको ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श सम्पन्न
छवि वैरागी घिमिरेको ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित विराटचाेकमा वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको नवीनतम उपन्यास ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
सुन्दरहरैँचा कला–साहित्य विकास समिति तथा कोसी साहित्य–कला परिषद् नेपालले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाल सं...




