सुन्दरहरैँचा / सुन्दरहरैँचा साहित्य कला विकास समितिको दोस्रो साधारणसभाले डा. दिपकप्रसाद न्याैपानेकाे अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ ।

सुन्दरहरैँचाको विराटचोकमा साधारण सभा सम्पन्न भएको थियाे । समितिको नयाँ कार्यसमितिको अध्यक्षमा डा. न्यौपाने सर्वसम्मत रूपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा केपी घिमिरे, सचिवमा गीताप्रसाद श्रेष्ठ, सहसचिवमा सोम भट्टराई र कोषाध्यक्षमा हीरादेवी खड्का सर्वसम्मत चयन भए ।

साथै कार्यसमितिको सदस्य पदमा पुरनकुमार राई, दुर्गाप्रसाद पराजुली, रूपनारायण श्रेष्ठ, यमुना पराजुली विष्ट, कविता पाँचकोटी र विशाल गुरागाईँ चयन भएका छन् । कार्यसमितिका पदाधिकारीको पदस्थापन कात्तिक २१ गते शुक्रबार हुने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया