सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा गणेशराज कार्कीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्।
जनप्रतिनिधि तथा नगरवासीले कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । दमक नगरपालिकाबाट सरूवा भएर सुन्दरहरैंचा आएका कार्की यसअघि पनि यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिसकेका अनुभवी प्रशासक हुन्। जिम्मेवारी ग्रहण गर्दै कार्कीले सुशासन, पारदर्शिता र प्रभावकारी सेवाप्रवाहलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि सुन्दरहरैंचा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो। नगरवासीहरूले अनुभवी अधिकृत कार्कीबाट अझ प्रभावकारी र परिणाममुखी प्रशासनिक नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्।





