नागदेवी मन्दिर स्थानान्तरण , विशेष क्षमा पूजा सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–सलकपुरस्थित नागदेवी मन्दिर आज विधिपूर्वक स्थानान्तरण गरिएको छ।
एशियन हाईवे निर्माणका क्रममा नागथान सडकको बीच भागमा परेपछि मन्दिर सार्नुपरेको संस्थाका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिएका छन्। मन्दिर स्थानान्तरणअघि धार्मिक परम्पराअनुसार विशेष क्षमा पूजा सम्पन्न गरिएको थियो। स्थानीय भक्तजन तथा सरोकारवालाको उपस्थितिमा पूजा गरी नयाँ स्थानमा मन्दिर ...








