विद्यालय शिक्षामा रूपान्तरण विषयक प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

विद्यालय शिक्षामा रूपान्तरण विषयक प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न
सुन्दरहरैचा / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कोशी प्रदेश समितिको आयोजनामा विद्यालय नवीनीकीकरण तथा रूपान्तरण सम्बन्धी प्रदेशस्तरीय एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका–३ स्थित सखुवा चोकमा सम्पन्न उक्त कार्यक्रमले विद्यालय शिक्षामा व्यवहारिक तथा दीर्घकालीन सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने एन–प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष क...

नेशनल प्याब्सनको २८औँ स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरण

नेशनल प्याब्सनको २८औँ स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरण
सुन्दरहरैंचा / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को २८औँ स्थापना दिवसको अवसरमा सुन्दरहरैंचा नगर कार्यसमितिले चिसोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ । सुन्दरहरैँचा नगरपालिका २ पथरघट्टा टोलमा रहेका ६५ जना भन्दाबढी बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएकाे हो। कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैँचाका नगर प्रमुख केदारप्रसाद गुरागाईले नेशनल प्याब...

पूर्वाञ्चल विश्वविद्यालय : प्राध्यापक संघको प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

पूर्वाञ्चल विश्वविद्यालय : प्राध्यापक संघको प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय निर्वाचन समिति–२०८२ द्वारा नवनिर्वाचित पदाधिकारीहरूका लागि प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निर्वाचन समितिका संयोजक मनोजकुमार हलुवाईको अध्यक्षता रहेको थियो । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाको प्रमुख आतिथ्य रहेको थियो। उक्त प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमम...

नेशनल प्याब्सन मोरङद्वारा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न

नेशनल प्याब्सन मोरङद्वारा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न
सुन्दरशरैँचा / सुन्दरहरैँचा नगरपालिका–१० स्थित हिमालय इङ्लिस स्कुलमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मोरङको आयोजनामा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा आभा सेकेन्डरी स्कुल विराटनगर प्रथम, ग्लोबल एकेडेमी विराटनगर दोस्रो, हिमालय इङ्लिस स्कुल सुन्दरहरैँचा तेस्रो तथा डेल्टा इंगलिस स्कुल...

साजीलाल मा.वि. हाजिरीजवाफ प्रतियोगितामा प्रथम

साजीलाल मा.वि. हाजिरीजवाफ प्रतियोगितामा प्रथम
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माध्यमिक विद्यालयले धरानस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित हिबिस्कस क्विज सिजन ४ हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा ४५ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रारम्भिक चरणमा तेस्रो स्थान हासिल गर्दै अन्तिम चरणमा प्रवेश गरेको साजीलाल मा.वि.ले फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थ...

शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९ औँ वार्षिक उत्सव सम्पन्न

शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९ औँ वार्षिक उत्सव सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैचा नगरपालिका–८ स्थित शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९औँ वार्षिक उत्सव बुधबार सम्पन्न भएको छ। वार्षिक उत्सव कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर सुवेदीले कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापका विभिन्न विधामा...

अधिकृत स्तरीय अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरू

अधिकृत स्तरीय अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरू
माेरङ / शिक्षासँग सम्बन्धित विभिन्न नीति, नियम, कानुन, निर्देशिका तथा मापदण्ड र वार्षिक कार्यक्रम कार्यान्वयनका विषयमा कोशी प्रदेश स्तरीय अधिकृत अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरु भएको छ। पुस १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरू, १३७ वटा स्थानीय तहका शिक्षा अधिकृतहरू, शिक्षा तालिम केन्द्र, सामाजिक विका...

सुकुना माविकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सुकुना माविकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा १० स्थित सुकुना माध्यमिक विद्यालयकाे ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ । ५४ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिनकाे औपचारिक कार्यक्रममा प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी थिए । कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको थियाे । समारोहकाे अवसरमा सिनियर तथा ज...

हिमालय इङ्लिस स्कुल : विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

हिमालय इङ्लिस स्कुल : विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा नगरपालिका १० स्थित हिमालय इङ्लिस स्कुलले विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। कोशी प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सहित विभिन्न प्रतिस्पर्धामा सफलता हासिल गरेका विद्यार्थीहरूको मनोबल उच्च बनाउने उद्देश्यले विद्यालयले सम्मान कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा कोश...

सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा नेशनल प्याब्सन कोशी प्रदेशको आयोजनामा प्रदेशस्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नेपाली हस्तलेखन तर्फ अरिहन्त इङ्लिस बोर्डिङ स्कुल प्रथम, जेभियर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, हिमालय इङ्लिस बोर्डिङ स्कुल तेस्रो र इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् । अङ्...