सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–९ स्थित बाल सदन एकेडेमीमा कक्षा १० का विद्यार्थीहरूको सम्मानमा विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम मार्फत विद्यालय परिवारले विद्यार्थीहरूको आगामी शैक्षिक यात्रा सफल, उज्ज्वल तथा प्रेरणादायी रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।विद्यार्थी, शिक्षक तथा अभिभावकबीच भावनात्मक वातावरण सिर्जना भएको कार्यक्रममा सम्झना, अनुभव र प्रेरणादायी मन्तव्यहरू आदानप्रदान गरिएको थियो।

विद्यालयका प्रिन्सिपल निरोज ढकाल तथा प्रबन्ध निर्देशक सूर्य दंगालले विद्यार्थीहरूलाई आगामी SEE परीक्षाका लागि सफलताको कामना गर्दै अनुशासन, मेहनत र सकारात्मक सोचलाई निरन्तरता दिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया