;

सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा–३ स्थित जुपिटर इङ्लिस स्कुलका कक्षा ९ का विद्यार्थी समीर भुसालले करिब एक लाख रुपैयाँ खर्चेर आफ्नै हातले तीनपाङ्ग्रे गाडी ‘बग्गी’ निर्माण गरेका छन्।

मेकानिकल काममा रुचि राख्ने समीरले युट्युब तथा इन्टरनेटबाट सिकेको ज्ञानलाई प्रयोगमा उतार्दै गाडीको फलामे संरचना काट्ने, जोड्ने र वेल्डिङ गर्ने अधिकांश काम आफैँ गरेका हुन्।

तीन जनासम्म बस्न मिल्ने ‘बग्गी’ अझै पूर्ण रूपमा तयार भइसकेको छैन। विद्यालयका प्रिन्सिपल हरिश्चन्द्र ढकालका अनुसार समीर रोबोटिक्स समूहका लिडरसमेत हुन् र विद्यालयले उनको प्राविधिक रुचि तथा सिर्जनशीलतालाई निरन्तर प्रोत्साहन गर्दै आएको छ।

बाल दिवसको पूर्वसन्ध्यामा समीरले आफूले बनाएको ‘बग्गी’ मा प्रिन्सिपल ढकाललाई राखेर चलाएका थिए। कक्षा ९ मै अध्ययनरत विद्यार्थीले आफ्नै सीपबाट गाडी निर्माण गरेपछि उनको सिर्जनाको विद्यालय परिवारले प्रशंसा गरेको छ।

समीरको प्रयासले विद्यार्थीको रुचि र प्रतिभालाई अवसर दिए उनीहरूले किताबबाहिर पनि नयाँ सिर्जना गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ।

तपाईको प्रतिक्रिया

;