;

सुन्दरहरैँचा / साजीलाल माध्यमिक विद्यालय, सुन्दरहरैँचा–६ मा अध्ययनरत शैक्षिक सत्र २०८२ का माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुने विद्यार्थीहरूका लागि “शुभकामना तथा फेरि भेटौँला” कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा SEE परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई सम्मान गर्दै सफल परीक्षाको कामना गरिएको थियो। कार्यक्रममा शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यालय परिवारको उपस्थितिमा विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन प्रेरणा प्रदान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र सकारात्मक सोचका साथ परीक्षा सामना गर्न आग्रह गर्दै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्नुभयो।
विद्यालयले प्रत्येक वर्ष SEE मा सहभागी विद्यार्थीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

;