सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखि, मेला स्थल सरसफाइ सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका विराटचोकमा आगामी असोज २५ गतेदेखि कार्तिक १० गतेसम्म सुन्दरहरैँचा फुड फेस्टिभल आयोजना हुने भएको छ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको फेस्टिभलको तयारी स्वरूप बिहिवार मेला स्थल सरसफाइ गरिएको छ। ‘रन सुन्दरहरैँचा’को आयोजनामा भएको बृहत् सरसफाइ कार्यक्रममा विभिन्न संघसंस्था तथा स्थानीयको सहभागिता रहेको थियो। विराटचोक, खोर्साने, बाघझो...









