आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत
आज कोजाग्रत पूर्णिमा दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ ।
आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दि...






