सुन्दरहरैँचाकाे श्रीकृष्ण प्रणामी मन्दिरमा अन्तरराष्ट्रिय धार्मिक महोत्सव हुँने
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रममा अन्तरराष्ट्रिय धार्मिक महोत्सव आयोजना हुने भएको छ।
मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सवको रूपमा आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ। श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिले मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे...









