इन्द्रपुर नमुना माविकी छात्रा एरिका कार्की ‘अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता’मा फस्ट रनर–अप
सुन्दरहरैचा — इन्द्रपुर नमुना माध्यमिक विद्यालयकी कक्षा ९ की प्रतिभाशाली विद्यार्थी एरिका कार्कीले “सुन्दरहरैचा अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता २०८२” (सिजन–२) को ग्रान्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै सिनियर समूहमा फस्ट रनर–अप स्थान हासिल गर्न सफल भएकी छन्।
अक्सिजन फिटनेस नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान विद्यार्थीहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्प...









