NPL को तेस्रो सिजनका लागि PLO ग्रुप र विराटनगर किङ्सबीच प्रायोजक सम्झौता
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–स्थित विराटचोकमा रहेको पिएलओ ग्रुप (PLO) र विराटनगर किङ्सबीच नेपाल प्रिमियर लिग (NPL) को तेस्रो सिजनका लागि प्रायोजक सम्झौता भएको छ।
विराटचोकस्थित नेपालिरिका होटलमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा विराटनगर किङ्सका स्वामित्वकर्तामध्येका सुयस प्याकुरेल र पिएलओ ग्रुपका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले हस्ताक्षर गरेका छन्।
...









