सिद्धार्थ सेकेन्डरी स्कुल : नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा सफलता हासिल
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलले नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा पुनः ऐतिहासिक सफलता हासिल गरेको छ ।
१४ वर्षमुनिका छात्र फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो। यसअघि २०८० र २०८२ सालमा पनि च्याम्पियन बनेको उक्त टोलीले यस वर्ष पनि आफ्नो वर्चस्व कायम राख्दै लगातार तेस्रो पटक विजय यात्रा दोहोर्याएको छ। खेलमा अनुशास...









