;

सुन्दरहरैँचामा निःशुल्क रेबिजविरुद्धको खोप तथा जुकाको औषधि वितरण

सुन्दरहरैँचामा निःशुल्क रेबिजविरुद्धको खोप तथा जुकाको औषधि वितरण
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा रेबिजविरुद्धको खोप तथा जुकाको औषधि निःशुल्क वितरण सुरु गरेको छ। २०औँ विश्व रेबिज दिवसको अवसरमा नगरपालिकाको पशुपन्छी सेवा उपशाखाले कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम अन्तर्गत घरपालुवा तथा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाइनेछ। साथै, आवश्यकताअनुसार कुकुरलाई जुकाको औषधिसमेत निःशुल्क वितरण गरिने नगरपालिकाले ज...

केशु विरहीको ‘उपहार’ र नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

केशु विरहीको ‘उपहार’ र नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण
सुन्दरहरैँचा / मोरङ बेलबारीका स्रष्टा केशु विरही र नवराज पोखरेल ‘नवशिला’ का दुई बाल साहित्यिक कृति लोकार्पण भएको छ । सुन्दरहरैँचा –१०, मोरङमा रहेको रोजाइ इनोभेटिभ स्कुलको सभाहलमा आयोजित कार्यक्रममा विरहीको ‘उपहार’ (बाल चित्रकथा) र नवशिलाको ‘परी भए म’ (बाल कवितासङ्ग्रह) कृतिका लोकार्पण गरिएको हो । बालबालिकाका लागि तयार पारिएका यी दुवै कृतिलाई १०१ जना बालकालिकाका हातबाट लोकार्पण गरिएको थियो ।...

नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवन शिलान्यास

नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघ  जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवन शिलान्यास
सुन्दरहरैँचा / नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघको मोरङ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवनको सुन्दरहरैंचा–७ बेलगाछीमा शिलान्यास गरिएको छ । भवनको शिलान्यास सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, शिवदल गणका गणपति प्रमुख सेनानी अनिल बस्नेत, जग्गादाता तेजप्रसाद सिटौलालगायतले संयुक्त रुपमा शिलान्यास गरेका थिए । शिलान्यास समारोहमा पञ्चेबाजा बजाउनुका साथै वेदका मन्त्रहरूको ...

सुन्दरहरैँचामा भूमि प्रशासन सेवा सुरू : जग्गासम्बन्धी काम नगरपालिकाबाटै

सुन्दरहरैँचामा भूमि प्रशासन सेवा सुरू :  जग्गासम्बन्धी काम नगरपालिकाबाटै
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिकामा स्थानीय तहबाटै भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा सुरु भएको छ। नगरपालिकाको भूमि व्यवस्थापन शाखामार्फत सेवा प्रवाह गर्ने उद्देश्यले सोमबार आयोजित कार्यक्रमबीच नगरप्रमुख केदारप्रसाद गुरागाईंले सेवाको शुभारम्भ गरेका हुन्। सेवा सञ्चालनमा आएसँगै जग्गा खरिद–बिक्री, नामसारी, कित्ताकाटलगायत तोकिएका भूमि प्रशासनसम्बन्धी कामका लागि ...

भोजपुरे कल्याणकारी सहकारीको अध्यक्षमा राजेन्द्र कार्की

भोजपुरे कल्याणकारी सहकारीको अध्यक्षमा राजेन्द्र कार्की
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभाले राजेन्द्र कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ।    नवनिर्वाचित समितिको उपाध्यक्षमा मातृकाप्रसाद पराजुली, सचिवमा मोहन पोखरेल, कोषाध्यक्षमा ताराकुमारी सुब्बा र सहसचिवमा यादव कट्वाल चयन भएका छन्। सदस्यहरूमा बालकृष्ण घिमिरे, विमला घिमिरे, खगेन्द्रबहादुर...

सुकुना क्याम्पसद्वारा रसुवा बाढीपीडितलाई २ लाख ३१ हजार सहयोग

सुकुना क्याम्पसद्वारा रसुवा बाढीपीडितलाई २ लाख ३१ हजार सहयोग
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ २ लाख ३१ हजार ८ सय ३३ रुपैयाँ सहयोग गरेको छ। क्याम्पसले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपद्का कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू प्रभावित बनेपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश...

सुन्दरहरैंचा प्याब्सनबाट बाढीपहिरो पीडितका लागि १५ लाख ७० हजार राहत संकलन

सुन्दरहरैंचा प्याब्सनबाट बाढीपहिरो पीडितका लागि १५ लाख ७० हजार राहत संकलन
सुन्दरहरैंचा / बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि प्याबसन सुन्दरहरैंचामा आबद्ध निजी तथा आवासीय विद्यालयहरूले १५ लाख ७० हजार ३१९ रुपैयाँ राहत रकम संकलन गरेका छन्। नुवाकोट, रसुवा र धादिङलगायत जिल्लामा आएको विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सुन्दरहरैंचा नगर प्याबसनले आफ्ना सदस्य विद्यालयहरूबाट रकम संकलन गरेको हो। संकलित रु. १५,७०,३१९ प्याबसन राहत कोषमा जम्मा गरिएको नगर प...

कांग्रेस सुन्दरहरैँचा नगर सभापतिमा होमनाथ पोखरेलको दाबी

कांग्रेस सुन्दरहरैँचा नगर सभापतिमा होमनाथ पोखरेलको दाबी
सुन्दरहरैँचा / नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङको सुन्दरहरैँचा नगर सभापति पदमा होमनाथ पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय पोखरेलले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ता र जनताबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यसहित नगर सभापतिमा उम्मेदवारी दिने तयारी गरेका हुन्। पार्टीभित्रको एकता कायम गर्दै संगठन विस्तार तथा स्थानीय तहमा कांग...

जुपिटर इङ्लिस स्कुलका विद्यार्थी समीर भुसालले बनाए तीनपाङ्ग्रे ‘बग्गी’

जुपिटर इङ्लिस स्कुलका विद्यार्थी  समीर भुसालले बनाए तीनपाङ्ग्रे ‘बग्गी’
सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा–३ स्थित जुपिटर इङ्लिस स्कुलका कक्षा ९ का विद्यार्थी समीर भुसालले करिब एक लाख रुपैयाँ खर्चेर आफ्नै हातले तीनपाङ्ग्रे गाडी ‘बग्गी’ निर्माण गरेका छन्। मेकानिकल काममा रुचि राख्ने समीरले युट्युब तथा इन्टरनेटबाट सिकेको ज्ञानलाई प्रयोगमा उतार्दै गाडीको फलामे संरचना काट्ने, जोड्ने र वेल्डिङ गर्ने अधिकांश काम आफैँ गरेका हुन्। तीन जनासम्म बस्न मिल्ने ‘बग्गी’ अझै पूर्...

पत्रकार तथा साहित्यकार मणिराम दाहाल : संक्षिप्त परिचय

पत्रकार तथा साहित्यकार मणिराम दाहाल : संक्षिप्त परिचय
मणिराम दाहाल नेपालको मोफसल पत्रकारिता, साहित्य तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। उहाँको जन्म वि.सं. २०४२ साल पुस २९ गते मोरङ जिल्लामा भएको हो। उहाँका बुबा जयप्रसाद दाहाल र आमा रुक्मणि दाहाल हुनुहुन्छ। छ जना दाजुभाइ–दिदीबहिनीमध्ये उहाँ कान्छो सन्तान हुनुहुन्छ। उहाँले सुकुना बहुमुखी क्याम्पस, विराटचोक, मोरङबाट बी.एड. (नेपाली) विषयमा स्नातक तहको अध्ययन गर्नुभएको छ। वि.सं. २०६८ साल असा...
;