दलित अधिकार र स्थानीय विकासमा योगदान पुयाउने दुई व्यक्तित्व सम्मानित
सुन्दरहरैँचा / बेलबारीमा दलित अधिकार, सामाजिक सशक्तीकरण तथा स्थानीय विकासमा उल्लेखनीय योगदान पुयाउने दुई जना व्यक्तित्वलाई सम्मान गरिएको छ।
बेलबारी नगरपालिकाको आर्थिक सहयोग तथा बेतना राष्ट्रिय दैनिकको आयोजनामा जेठ २१ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको १० दिने उद्घोषण तथा क्षमता विकास तालिमको समापन समारोहका अवसरमा सम्मान गरिएको हो। कार्यक्रममा दलित वर्ग उत्थान समिति बेलबारीका अध्यक्ष खगेन्द्र तोल...








