;

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचास्थित नेपालीरिका होटलमा लायन्स क्लब अफ इन्द्रपुरको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले योजना शर्मा ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्षमा रेवन्त कार्की, द्वितीय उपाध्यक्षमा कल्पना दाहाल, तृतीय उपाध्यक्षमा सुनिता पोखरेल ढकाल, कोषाध्यक्षमा जानुका थापा, सचिवमा डम्बर कार्की, सहसचिवमा प्रमिला खड्का तथा प्रशासकमा बिना सुवेदी आचार्य चयन भएका छन्।

त्यसैगरी, टेल ट्विस्टरमा रामकृष्ण खड्का, लायन टेमरमा कृष्ण ओझा, एलसीआईएफ (LCIF) संयोजकमा बबिता दाहाल, क्लब मेम्बरसिप संयोजकमा अनिता अधिकारी, क्लब मार्केटिङ चेयरपर्सनमा घनश्याम आचार्य तथा क्लब सर्भिस चेयरपर्सनमा विक्रम दाहाल चयन भएका छन्। समितिका निर्देशकहरूमा बिन्दा दाहाल थापा, गोपालप्रसाद ढकाल, सुजाता सुवेदी, विनायक ढकाल, निर्मला बानियाँ, कुन्ता अधिकारी, सन्जु ढकाल र शान्ता दाहाल रहेका छन्। यस अवसरमा क्लबमा सात जना नयाँ सदस्यको प्रवेश गराइएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रमिला दुलालले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। सो अवसरमा क्लबका चार्टर्ड प्रेसिडेन्ट भोलेश्वर दुलालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यस्तै, पूर्वअध्यक्षहरू नगेन्द्र दाहाल र टिकाप्रसाद कट्टेल, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष अशोक शंकर तथा इन्द्रपुर खानेपानी संस्थाका अध्यक्ष नवराज चापागाईंले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

क्लबले चालु कार्यकालमा ज्येष्ठ नागरिक चौतारी निर्माण, शैक्षिक सामग्री वितरण लगायत विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। साथै आगामी दिनमा पनि समुदायमुखी सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

;