हरियाली सामुदायिक वनको २०औं साधारण सभा सम्पन्न
सुन्दरहरैंचा / हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभाको उद्घाटन सुन्दरहरैंचा नगरपालिका–६ का वडा अध्यक्ष सन्तोष लिङदेनले गरेका थिए । उद्घाटन गर्दै प्रमुख अतिथि लिङदेनले सामुदायिक वनले स्थानीय स्तरमा वन संरक्षण, वातावरणीय सन्तुलन र जनजीविकाको सुधारमा खेलेको भूमिकाको प्रशंसा गरे।। उनले भने “सामुदायिक वनले न केवल हरियाली कायम राखेको छ, यसले जनताको आयआर्ज...








