सुन्दरहरैँचा / मोरङ र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२८ प २४१० नम्बरको स्कुटरमा सवार धरान-८ का १९ बर्षीय नलन तामाङ र प्रकाश लिम्बुलाई ट्रामाडोल २ हजार ७ सय क्याप्सुल र डाईक्लोमाईन २ हजार ५ सय १० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट खुनियाधारले बराहक्षेत्र-९ का निश्चल चौधरीलाई २७० ट्याब्लेट डिकोलिक र स्पास्मो सहित पक्राउ गरेको हो ।
यसै गरी मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले चेकजाँचको क्रममा सुन्दरहरैचा-१० का प्रेम खड्कालाई ट्रामाडोल ३४० क्याप्सुल, डिकोलिक ५०० ट्याब्लेट र ९० मिलिग्राम ब्राउन सुगर सहित र उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले स्पास्मो र अपो ट्याव्लेट ६० चक्की सहित सोहि स्थानका बिजय तामाङ, अर्जुन तामाङ र कटारी- ५ का रत्नलाल गिरीलाई पक्राउ गरेको हो । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।





