सुन्दरहरैँचा / मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित आठौं बेलबारी आरजु राईस मेजर स्व. एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप आइवार देखि सुरु भएकाे छ ।

आज भएकाे उद्घाटन खेलमा आयाेजक एल एक्स सिटि फुटबल क्लब, बेलबारीले विजयी सुरुवात गरेका छ । भारतकाे लिजेण्डस् फुटबल एकेडेमीलाई ० काे विरुद्ध २ गाेल अन्तरले विजयी सुरुवात गरेकाे हाे ।.खेलकाे १७ ओै मिनेटमा जर्सि नम्बर ११ का सनम धिमालले माैसम सुब्बाकाे पासमा गाेल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलकाे २२ ओै मिनेटमा सनम धिमालकाे पासलाई सदुपयाेग गर्दै डिएरिया बाहिरबाट प्रहार गरि जर्सि नम्बर ६ का विवेक पाैडेलले गाेल गर्दै २-० गाेल अन्तर पुर्याएका थिए । खेल अवधी भरमा दुवै पक्षले २ वटा कर्नर किककाे अवसर पाएका थिए । आयाेजक क्लबमा जर्सि नम्बर ५ का सन्जय श्रेष्ठ र भारतका जर्सि नम्बर १० का फाेफानाले पहेलाे कार्ड पाएका थिए । खेलकाे म्यान अफ द म्याच आयाेजक टिमका जर्सि नम्बर ६ का विवेक पाैडेल घाेषित भए ।

प्रतियाेगिताकाे उद्घाटन बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले गर्नु भएकाे थियाे । स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहेकाे आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।

उक्त प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाईज युनाईटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर र भारतकाे लिजेण्ड फुटबल एकेडेमी रहेकाे आयोजक समितिले जनाएको छ ।

भाेली साेमवारकाे खेल भाेजपुर फुटबल क्लब र झापा ११ फुटबल क्लब, बिर्तामाेड बिच हुनेछ ।
बेलबारी नगरपालिका मुख्य सहयाेगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेकाे प्रतियाेगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिनुभयाे ।

त्यस्तै सर्वउत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृष्ट गोल्ड किपरले ११ हजार रुपैयाँ, उत्कृष्ट कोचले ११ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताले ११ हजार रुपैयाँ,उदयीमान खेलाडीले ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने हरेक खेलमा म्यान अफ द म्याच खेलाडिलाई ७ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने आयाेेजक समितिका अध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिनुभयाे ।

३ केजि चादि र डेढ ताेला सुन जडित ८ लाख बराबरकाे ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष साे प्रतियाेगिताकाे उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पाेपिराज राई र ज्याेतिराज राईले आफ्नाे स्वर्गीय बुबा मेजर एन.बी. राईकाे स्मृतिमा रनिङ गाेल्डकपकाे साैजन्य गर्नु भएकाे हाे ।

तपाईको प्रतिक्रिया