सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–७ स्थित सहयोगी मनहरूको आयोजना तथा सामाजिक मिलन केन्द्रको सहकार्यमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविर गोल्छा आँखा अस्पताल विराटनगर र बि.एल. आँखा अस्पताल विराटचाेकको प्राविधिक सहयोगमा भएको आयाेजक संस्थाका अध्यक्ष भीम अधिकारीले जानकारी दिएका छन् ।

सहयोगी मनहरूद्वारा आयोजित निशुल्क आँखा शिविरमा १६० विरामीकाे आँखा जाँच गरिएको थियाे भने जसमा २१ जनाको शल्यक्रिया गर्नुपर्ने भएको आयाेजक संस्थाका सचिव खेमराज गाैतमले बताए ।

तपाईको प्रतिक्रिया