श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह महायज्ञको सम्पूर्ण तयारी पूरा : इनरुवामा आध्यात्मिक उत्सवको माहोल
इनरूवा / सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रिन सिटी क्षेत्र यतिबेला धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक ऊर्जा भरिएको वातावरणमा रुपान्तरण हुँदै गएको छ। “श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह धार्मिक ज्ञान महायज्ञ” को सम्पूर्ण तयारी पूरा भएसँगै यहाँ एक भव्य धार्मिक महोत्सवको माहोल सिर्जना भएको हो।
आगामी २०८२ साल चैत्र ५ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञ श्री माता पाथीभरा मन्दिर निर...









