;

विराटचोक : सुकुना बहुमुखी क्याम्पसको आयोजना तथा सान्वी सिटी हस्पिटल इटहरीको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शिविरमा सर्वसाधारण, स्थानीयवासी,विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरूले स्वास्थ्य सेवा लिएका थिए।साे शिविरमा रक्त परीक्षण, इसिजी तथा विभिन्न स्वास्थ्य जाँच सेवा प्रदान गरिएको थियो।

स्त्रीरोग विशेषज्ञ डा. राम विश्वेश्वर शाह, फिजिसियन डा. दीपक चौधरी र जितेश यादवले स्वास्थ्य परीक्षण गर्नुभएको थियो।

क्याम्पसका अनुसार शिविरबाट करिब एक सय जना लाभान्वित भएका छन्। क्याम्पसले आगामी दिनमा यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

;