;

सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न भएको छ।

मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना सामुदायिक हस्पिटलको प्राङ्गणमा बिहीबार आयोजित शिविरमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगर र सुकुना सामुदायिक हस्पिटलले प्राविधिक सहयोग तथा विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरेका थिए। शिविरमा स्त्री तथा प्रसूति रोग, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, महिनावारीसम्बन्धी समस्या, सेतो पानी बग्ने, चिलाउने तथा संक्रमण, स्तनमा गाँठो, पिसाबसम्बन्धी समस्या, गर्भावस्थासम्बन्धी समस्या तथा गर्भधारणमा कठिनाइलगायतका स्वास्थ्य समस्याको परीक्षण तथा परामर्श प्रदान गरिएको कार्यक्रम संयोजक अनिता अधिकारी कट्टेलले बताइन् ।

विशेषज्ञ चिकित्सक, नर्स तथा दक्ष स्वास्थ्यकर्मीको टोलीले महिलाहरूको स्वास्थ्य परीक्षणसँगै विभिन्न रोगको लक्षण, समयमै परीक्षण गर्नुपर्ने आवश्यकता तथा स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरेको थियो। महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउँदै रोगको समयमै पहिचान र उपचारमा पहुँच पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजक सुन्दरहरैँचा उद्योग वाणिज्य संघले जनाएको छ। आयोजकले महिलाहरूलाई लाज र डरलाई छोडेर नियमित स्वास्थ्य परीक्षण गराउन आग्रहसमेत गरेको छ।

तपाईको प्रतिक्रिया

;