सुन्दरहरैंचामा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाको उपमेयर सीप विकास कार्यक्रमअन्तर्गत वडा नं. १२ मा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ गरिएको छ।
१५ दिने उक्त तालिममा १५ जना सहभागी रहेका छन्। तालिमको उद्घाटन गर्दै उपप्रमुख अकली चौधरीले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी आयआर्जन तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता सीपमूलक तालिम महत्वपूर्ण हुने बत...









