सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा रहेको क्वेष्ट सेकेण्डरीमा नर्सरी, एलकेजी तथा युकेजी तहका विद्यार्थीका अभिभावकहरुलाई लक्षित शिक्षक अभिभावक भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक प्रगति, व्यवहारिक विकास, सिकाइ गतिविधि तथा विद्यालय र अभिभावकबीचको समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो।कार्यक्रममा शिक्षक तथा अभिभावकहरूले बालबालिकाको समग्र विकासका लागि आवश्यक सुझाव आदान–प्रदान गरेका थिए।
विद्यालयका प्रिन्सिपल दीपक क्षेत्रीले प्रारम्भिक बालशिक्षा नै बालबालिकाको भविष्य निर्माणको महत्वपूर्ण आधार भएकाले विद्यालय र अभिभावकबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए। उनले अभिभावकहरूको साथ, विश्वास र सुझावले विद्यालयलाई अझ गुणस्तरीय शिक्षा प्रदान गर्न प्रेरणा मिलिरहेको उल्लेख गरे।
विद्यालयका अनुसार यस्ता अन्तरक्रिया कार्यक्रमले विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्नुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।





