हिउँचुली अफसेट प्रेस : रोजगारी र गुणस्तरीय छपाइको भरपर्दो केन्द्र बन्दै
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिका १२ मा अवस्थित हिउँचुली अफसेट प्रेसले विगत १५ वर्षदेखि गुणस्तरीय छपाइ सेवामार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आएको छ ।
वि.सं. २०६७ सालमा स्थापना भएको यस प्रेसले छपाइसम्बन्धी सम्पूर्ण सेवा एकै स्थानबाट प्रदान गर्दै आएको उल्लेख गरिएको छ । कृष्णप्रसाद ओझा र सुमन खतिवडाको संयुक्त लगानी र व्यवस्थापनमा सञ्चालन हुँदै आएको हिउँचुल...









