;

सुन्दरहरैँचा / विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारहरुलाई संयुक्त रूपमा सम्मान गरिएको छ। मोरङको सुन्दरहरैँचामा क्रियाशील पत्रकारहरूलाई इन्द्रपुर जेसिजले सम्मान गरेको हो।

आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष समीर बस्नेत तथा प्रमुख अतिथि, जेसिजका पूर्व अध्यक्ष एवं रेडियो सुसेलीका अध्यक्ष रमेश खड्काले पत्रकारहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो। पत्रकारितामार्फत सत्य, निष्पक्ष र विश्वसनीय सूचना प्रवाह गर्दै नागरिकलाई सुसूचित बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

सम्मानित हुने पत्रकारहरूमा कृष्णचन्द्र सुवेदी (पूर्वी अनलाइन), खेमचन्द्र अधिकारी (शिखरबास खबर), गणेश मिश्र (रेडियो सुसेली), लिलानाथ गच्छदार (जनचर्चा टाइम्स), मणिराम दाहाल ( उदघाेष दैनिक तथा रासस), राज पोख्रेल (इष्ट खबर), ज्ञाननाथ ढकाल (निष्पक्ष खबर), शिव भट्टराई (भोजपुरे सुन्दरहरैँचा अपडेट) र निरज खवास (फटाफट न्यूज) रहेका छन्।

पत्रकारिताको माध्यमबाट समाजमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा लोकतान्त्रिक मूल्यको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संस्थाले आफ्नो २५औँ वर्ष पुगेको अवसर पारेर विश्व प्रेस स्वतन्त्रता दिवसमा सम्मान गरेको अध्यक्ष समीर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

;