सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८औँ वार्षिक साधारणसभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित श्री सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८औँ वार्षिक साधारणसभा शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि खानेपानी तथा ढल निकास व्यवस्थापन विभाग विराटनगरका प्रमुख सुरतलाल चौधरी रहेका थिए। प्रमुख अतिथि चौधरीले खानेपानी तथा सरसफाइ क्षेत्रको दिगो व्यवस्थापनका लागि उपभोक्ता समितिहरूको भूमिका महत्वपूर्ण रह...









