कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा क्रिसमसकाे शुभकामना
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
क्रिसमसको अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले प्रेम, शान्ति, करुणा र मानव कल्याणको सन्देश बोकेको यो पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचारा अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको ...









