सुन्दरहरैँचा–५ मा कांग्रेसको राजनीतिक छलफल : संगठन सुदृढीकरण र जनमुखी अभियानमा जोड
सुन्दरहरैँचा / नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का सभापति देवराज तामाङले सुन्दरहरैँचा नगरपालिका–५ का अग्रज व्यक्तित्व तथा पार्टीका नेता–कार्यकर्तासँग समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण र स्थानीय विकासका विषयमा अन्तरक्रिया तथा छलफल गरेका छन्।
छलफल कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का उपसभापति रामप्रसाद रिजाल, नेपाली कांग्रेस सुन्दरहरैँचा–५ का सभापति घनश्याम न्यौपानेसहित...









