बेलबारी नगरपालिकाद्वारा १ अर्ब २८ करोडको बजेट सार्वजनिक
बेलबारी / बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि कुल १ अर्ब २८ करोड २ लाख ७७ हजार रुपैयाँ बराबरको आय तथा व्ययको अनुमानित बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले नगरसभामा बजेट प्रस्तुत गर्दै नगरवासीको आवश्यकता, दिगो विकास र प्रभावकारी सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिइन् । सीमित स्रोत र चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद शिक्षा, स्वा...









