सुन्दरहरैँचामा ७ दिने अचार बनाउने तालिम सुरू
सुन्दरहरैचा / घरेलु तथा साना उद्योग कार्यालय, विराटनगरको आयोजनामा सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित शिव पञ्चायन मन्दिर परिसरमा ७ दिने अचार बनाउने तालिम सुरु भएको छ।
महिलाहरूको सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सुन्दरहरैचा नगरपालिका वडा नं. १, ६, ७ र ८ का ३५ जना विवाहित महिलाहरू सहभागी भएका छन्। सहभागीमध्ये करिब २५ प्रतिशत महिलाले य...








