लायन्स क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–७, गोठगाउँस्थित सामुदायिक मिलन केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीको आयोजनामा भएको शिविरमा मधुमेह (चिनी रोग) परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। “शिक्षित बनाऔं, सशक्त बनाऔं, मधुमेह अन्त्य गरौं” भन्ने मूल नारासहित आयोजित शिविरमा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। ...









