दुलालकाे समाजसेवा रोकिएन, बनाए ज्येष्ठ नमूना नागरिक चौतारी
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेको मौलिक शैलीको ज्येष्ठ नागरिक चौतारी समुदायलाई हस्तान्तरण गरिएको छ।
दुलालले आफ्नै १२ धुर जग्गामा निर्माण गर्नुभएको चौतारीमा नेपाली मौलिक कला र संस्कृतिको झल्को दिने गरी इँटा तथा काठमा आकर्षक बुट्टा प्रयोग गरिएको छ। चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ र...









