असहाय बालबालिकासँग डिल्लीबहादुरले मनाए जन्मोत्सव
सुन्दरहरैँचा / पछिल्लो समय महँगा महँगा होटेल तथा रेस्टुरेन्टमा गएर आफ्नो जन्मोत्सव मनाउने चलन छ । तर बेलबारीका डिल्लीबहादुर थापाले भने असहाय बालबालिकासँग बसेर आफ्नो जन्मोत्सव मनाएका छन् । पूर्व जनप्रतिनिधि रहेका थापाले इटहरी –४, सुनसरीमा रहेको निसहाय बालबालिका सेवा आश्रमका बालबालिकासँग बसेर आफ्नो ९३ ओैँ जन्मोत्सव मनाएका छन् ।
१९९० साल असोज २८ गते साबिकको पोखरे गाविस –२, हालको चिसङ्कुगढी गाउँपालिक...








