तिनमुडे बस्तीमा पुग्यो ‘सहयोगी मनहरू’को सेवा, १६० बढीले गराए निःशुल्क स्वास्थ्य परीक्षण
सुन्दरहरैँचा / स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै मोरङको सुन्दरहरैँचामा ‘सहयोगी मनहरू’ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। आर्थिक अभावका कारण स्वास्थ्य परीक्षण गराउन कठिनाइ भोगिरहेका स्थानीयलाई लक्षित गरी आयोजित शिविरमा १६० भन्दा बढीले सेवा लिएका छन्।
सुन्दरहरैँचा नगरपालिका–११ स्थित आदर्श आधारभूत विद्यालय, तिनमुडे बस्तीमा आयोजित शिविरमा स्थानीयले निःशुल्क आँखा प...









