उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न : सुन्दरहरैँचाका विभिन्न घाटमा हजारौँ भक्तजनको सहभागिता
मणिराम दाहाल / सुन्दरहरैँचा
आस्था, श्रद्धा र भक्तिभावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान सम्पन्न भएको छ।
छठ पर्वको अन्तिम दिन आज बिहान मोरङको सुन्दरहरैँचासहित तराईका विभिन्न स्थानमा रहेका नदी, खोला, पोखरी तथा जलाशयमा निर्माण गरिएका छठ घाटमा व्रतालु तथा भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा–आराधना गरेका छन्। मोरङक...









