इटहरीमा अमृत गुरुङको स्वरमा झुमे हजारौँ दर्शक : देशप्रेम सँगै जागरणकाे भावले अविस्मरणीय बन्यो सांगीतिक साँझ
मणिराम दाहाल / सुन्दरहरैँचा
‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार हेर्नलाई उठ...।’ नेपथ्यको यो चर्चित गीत गुञ्जिँदा बुधबार साँझ इटहरी रंगशाला हजारौँ दर्शक स्रोताको उत्साहले जुरुक्कै उठ्यो।
आकाशमुनि हजारौँ हात एकसाथ हल्लिए, दर्शकका स्वर गीतसँगै मिसिए र सिंगो रंगशाला देशप्रेम, संगीत र उमंगले तरंगित बन्यो। नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा ...









