केराबारीमा हजारविघा सामुदायिक वनको २२औँ साधारण सभा सम्पन्न
केराबारी / माेरङकाे केराबारी–८ मा रहेको हजारविघा सामुदायिक वन समूहको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
समूहका अध्यक्ष रूद्रबहादुर खत्रीको सभापतित्वमा सम्पन्न सभामा ८ नं. वडाध्यक्ष कमलकुमार वस्नेत प्रमुख अतिथि थिए । सब डिभिजन वन कार्यालयका प्रमुख किशोर बराल विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
सभामा आ.व. २०८१/०८२ को कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे । सचिव रुद्रप्रसाद बजग...









