;

विद्यालयस्तरमै क्यान्सर सचेतना: नोबेल क्यान्सर अस्पतालको जनचेतनामूलक कार्यक्रम

विद्यालयस्तरमै क्यान्सर सचेतना: नोबेल क्यान्सर अस्पतालको जनचेतनामूलक कार्यक्रम
माेरङ / नोबेल मेडिकल कलेज टिचिङ अस्पतालअन्तर्गत रहेको नोबेल क्यान्सर अस्पतालले मोरङको ग्रामथान गाउँपालिका–६ स्थित श्री पब्लिक उच्च माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नोबेल क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. सुमित सिंहले क्यान्सरका कारण, प्रारम्भिक लक्षण, जोखिम कारक, रोकथामका उपाय तथा...

जहाँ आवश्यकता, त्यहीँ सहयोग : देबराज तामाङद्वारा गौशालालाई ट्रस सहयोग

जहाँ आवश्यकता, त्यहीँ सहयोग : देबराज तामाङद्वारा गौशालालाई ट्रस सहयोग
सुन्दरहरैंचा / राजनीतिकर्मी तथा सामाजिक व्यक्तित्व देबराज तामाङले मोरङको सुन्दरहरैंचा–५ स्थित नयाँ वृन्दावन गौशालालाई ट्रस (फलामे संरचना) सहयोग प्रदान गरेका छन्। गौशालामा बसोबास गर्ने ब्राह्मण तथा धार्मिक गतिविधिमा संलग्न व्यक्तिहरूका लागि सुरक्षित आश्रय निर्माण गर्ने उद्देश्यले उक्त सहयोग गरिएको हो। कार्यक्रममा तामाङले गौशालालाई आवश्यक ट्रस हस्तान्तरण गरेका थिए। कार्यक्रममा स्थानीय समाजसे...

सुन्दरहरैँचा नगरपालिकाको १८औँ नगरसभामा १ अर्ब ४२ करोड बजेट प्रस्तुत

सुन्दरहरैँचा नगरपालिकाको १८औँ नगरसभामा १ अर्ब ४२ करोड बजेट प्रस्तुत
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकाको १८औँ नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। नगरप्रमुख केदारप्रसाद गुरागाईंले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए भने उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गरेकी थिइन्। प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ९४ करोड २४ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ४५ करोड २६ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थ...

सुन्दरहरैँचामा अन्तरविद्यालय छात्रा कबड्डी प्रतियोगिता

सुन्दरहरैँचामा अन्तरविद्यालय छात्रा कबड्डी प्रतियोगिता
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकाको आर्थिक सहयोग तथा परोपकार महिला समूह, सुन्दरहरैँचा–१० को आयोजनामा असार ४ र ५ गते सुकुना खेल मैदानमा “सुन्दरहरैँचा नगरपालिका अन्तर विद्यालय छात्रा कबड्डी प्रतियोगिता २०८३” आयोजना हुने भएको छ। प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका छात्रा टोली सहभागी हुनेछन्। विजेताले रु १५ हजार नगदसहित ट्रफी र मेडल तथा उपविजेताले रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त...

दलित अधिकार र स्थानीय विकासमा योगदान पुयाउने दुई व्यक्तित्व सम्मानित

दलित अधिकार र स्थानीय विकासमा योगदान पुयाउने दुई व्यक्तित्व सम्मानित
सुन्दरहरैँचा / बेलबारीमा दलित अधिकार, सामाजिक सशक्तीकरण तथा स्थानीय विकासमा उल्लेखनीय योगदान पुयाउने दुई जना व्यक्तित्वलाई सम्मान गरिएको छ। बेलबारी नगरपालिकाको आर्थिक सहयोग तथा बेतना राष्ट्रिय दैनिकको आयोजनामा जेठ २१ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको १० दिने उद्घोषण तथा क्षमता विकास तालिमको समापन समारोहका अवसरमा सम्मान गरिएको हो। कार्यक्रममा दलित वर्ग उत्थान समिति बेलबारीका अध्यक्ष खगेन्द्र तोल...

सुन्दरहरैँचामा ७ दिने अचार बनाउने तालिम सुरू

सुन्दरहरैँचामा ७ दिने अचार बनाउने तालिम सुरू
सुन्दरहरैचा / घरेलु तथा साना उद्योग कार्यालय, विराटनगरको आयोजनामा सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित शिव पञ्चायन मन्दिर परिसरमा ७ दिने अचार बनाउने तालिम सुरु भएको छ। महिलाहरूको सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सुन्दरहरैचा नगरपालिका वडा नं. १, ६, ७ र ८ का ३५ जना विवाहित महिलाहरू सहभागी भएका छन्। सहभागीमध्ये करिब २५ प्रतिशत महिलाले य...

सुन्दरहरैंचामा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ

सुन्दरहरैंचामा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाको उपमेयर सीप विकास कार्यक्रमअन्तर्गत वडा नं. १२ मा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ गरिएको छ। १५ दिने उक्त तालिममा १५ जना सहभागी रहेका छन्। तालिमको उद्घाटन गर्दै उपप्रमुख अकली चौधरीले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी आयआर्जन तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता सीपमूलक तालिम महत्वपूर्ण हुने बत...

सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा युवा-युवतीलाई उद्यमी बनाउने तालिम सुरु

सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा  युवा-युवतीलाई उद्यमी बनाउने तालिम सुरु
सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघले युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने उद्देश्यका साथ ‘युवाबाट उद्यमी बन्ने यात्रा’ अभियान अन्तर्गत १५ दिने युवा उद्यमशीलता विकास तालिम कार्यक्रम सुरु गरेको छ। उद्योग वाणिज्य संघको आफ्नो भवनमा सोमबारबाट सुरु भएको उक्त तालिमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो। कार्यक्रममा नगरका विभिन्न वडाका करि...

चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उपाधि इटहरीलाई लाई

चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उपाधि इटहरीलाई लाई
सुन्दरहरैँचा / चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि इटहरी उपमहानगरपालिकाले जितेको छ। सुन्दरहरैँचा नगरपालिकामा सम्पन्न फाइनल खेलमा इटहरीले केराबारी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो। रोमाञ्चक फाइनल खेलमा इटहरीका निश्चलकुमार श्रेष्ठ र असिम राईले एक–एक गोल गरे। केराबारीका नगेन राईले सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन...

पिएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरद्वारा सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न

पिएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरद्वारा  सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / पिएलओ (PLO) ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका–९ स्थित फुटबल मैदानमा सामुदायिक सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आयोजित कार्यक्रममा फुटबल मैदान र आसपासका क्षेत्रको सरसफाइ गरी वातावरणलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाइएको थियो। साथै, मैदान परिसरमा रहेका झाडी ...
;