लेटाङ / मोरङको लेटाङ नगरपालिका–८ याङ्शिला पछिल्लो समय गर्मी छल्न र केही समय रमाइलो वातावरणमा बिताउन चाहनेहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
लेटाङ बजार लगायत आसपासका क्षेत्रबाट दैनिकजसो मानिसहरू याङ्शिला पुगेर चिसो वातावरणमा खाजा तथा खानाको स्वाद लिने गरेका छन्। हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यका कारण याङ्शिला छोटो दूरीको ‘रिफ्रेसमेन्ट’ गन्तव्यका रूपमा लोकप्रिय हुँदै गएको हो।
विशेषगरी गर्मी बढेसँगै परिवार तथा साथीभाइसँग केही समय बिताउन याङ्शिला पुग्नेको संख्या बढ्न थालेको स्थानीयहरू बताउँछन्
यहा लेटाङ बजार बाट कालोपत्रे सडक हुदै याङ्शिला पुग्न सकिन्छ ।





